dalitlaikhai.com

जाजरकोट घटना

२०७७ जेठ १० गेत जाजरकोटमा नवराज विक सहित ६ जना युवाको रुकुम पश्चिमको सोति गाउँमा हत्या गरि भेरि नदिमा शव भेटियो । ६ जना युवाहरुको शव ५ दिनसम्मको लगातार खोजपछि भेरि नदिमा सबैको शव भेटिएको थियो । यसै बीचमा जेठ १२ गतेबाट जिल्ला प्रहरी कार्यालयको गेटबाट खगेन्द्र सुनारको नेतृत्वमा आन्दोलन सुरु भएको थियो ।

दोस्रो दिनबाट लगातार ३ दिनसम्म जिल्ला प्रशासन कार्यालयको गेटमा भोक हड्ताल तथा सरोकारवाला सबै निकायमा दवाव दिईएको थियो ।
फितलो अनुसन्धान तथा हलुका तवरले गरिएको घटनाको अनुसन्धान आन्दोलन पश्चात प्रहरी प्रशासनले थप कडाईका साथ गरेको थियो ।

आन्दोलन दबाउन राज्यले लाठि प्रहार, हवाई फायर तथा अश्रुग्याँस पिडित माथि प्रहार गरको थियो ।
२०७७ जेठ २५ गते उक्त घटनाको छानविन तथा सत्यतथ्य छानविन होस भन्ने आवाज लिएर जाजरकोट हिडेका पत्रकारहरुको टोलीलाई प्रहरी सल्यान बालुवासंग्राहीबाट जाजारकोट जान रोक लगाएको थियो ।

सोहि रात उत्त आन्दोलनले सुर्खेतको वीरेन्द्र चौकमा एक रातभर लालटिन बालेर अनसन बसेका थिए । उत्त अनसनमा कलाकार पत्रकार नागरिक अधिकारकर्मी राजनीतिक दल लगाएतले सहभागिता जनाएका थिए । 

कोभिडको कारण देखाएर आन्दोलन दबाउन थालिएपछि आन्दोलन अन्य जिल्लाबाट पनि चर्किन थाल्यो । २०७७ फागुन १ गते दैलेखबाट उक्त घटनालाई मुख्य मुद्धा बनाउदै दलितका अन्य मागहरुलाई सशक्त ढंगबाट आन्दालनको रुपमा अगाडि बढाउन थालियो । आन्दोलनमा २५ हजार भन्दा धेरै दलित समुदायको सहभागिता थियो । हामीले उक्त आन्दोलनको नाम राष्ट्रिय दलित मुक्ती जागरण अभियान राखेका थियौ । 

सोहि दिन पूर्वको सप्तरीमा पनि ४० हजार भन्दा धेरै दलित सडकमा उत्रिएर आन्दोलन गरेका थिए । त्यस्तै अन्य जिल्लाहरुमा पनि आन्दोलन जारी थियो । आन्दोलन पछि उक्त घटनामा विश्व समुदायको ध्यानाकर्षण भएको थियो । 

२०७७ चैत्त ३० गते नेपालगंञ्जमा दोस्रो जन प्रर्दशन तथा आन्दोलन ।

२०७७ चैत्त ३० गते नेपालगंञ्जमा दोस्रो जन प्रर्दशन तथा आन्दोलन भयो । प्रचण्ड गर्मिमा १५ हजार भन्दा धेरै मानिसहरु एकै पटक सरकारको लकडाउनको उल्लङ्घन गर्दै सडकमा आएका थिए । कार्यक्रममा सर्वसाधरण, अधिकारकमीर्, पत्रकार, नागरिक समाजका अगुवा तथा विभिन्न पार्टिका नेतृत्व सांसदहरुको सहभागिता थियो ।

२०७८ कार्तिक १५ गते सल्यानको थारमारेमा बृहत जन प्रदर्शन तथा आमसभा ।

२०७८ कार्तिक १५ गते सल्यानको थारमारेमा बृहत जन प्रदर्शन तथा आमसभा भयो । हजारौको संख्यामा दलित समुदायको सहभागिता रहेको उक्त आन्दोलन राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालको तेस्रो कार्यक्रम थियो । कार्यक्रममा सर्वसाधरण, अधिकारकर्मी पत्रकार नागरिक समाजका अगुवा विभिन्न पार्टिका नेतृत्व तथा सांसदहरुको सहभागिता थियो ।

२०७८ पुष २५ गते दाङ्गमा चौथो जनप्रर्दशन तथा आन्दोलन भयो

२०७८ पुष २५ गते दाङ्गमा चौथो जनप्रर्दशन तथा आन्दोलन भयो । आन्दोलनमा दाङ्गसँगै आसपासका जिल्ला कपिलबस्तु, बाँके, सल्यान, रुकुमबाट १० हजार भन्दा धेरै मानिसको सहभागिता भएको थियो । कार्यक्रममा सर्वसाधरण, अधिकारकर्मी पत्रकार नागरिक समाजका अगुवा विभिन्न पार्टिका नेतृत्व तथा सांसदहरुको सहभागिता थियो ।

२०७९ बैसाख ४ गते रिपोटर्स क्लबमा अनिवार्य १३.८ दलितलाई अनिबारे टिकट दिनुपर्ने लगाएतका माग राखेर प्रत्रकार सम्मेलन .

२०७९ बैसाख ४ गते रिपोटर्स क्लबमा प्रत्रकार सम्मेलन गरि यस अभियानले आसन्न निर्वाचनमा दलित दलित बीच प्रतिस्पर्धा हुने गरि निर्वाचन क्षेत्र छुट्याउनु पर्ने, दलितलाई स्थानीय तथा तथा संसदिय निर्वाचनमा अनिवार्य १३.८ दलितलाई सबै पार्टिले टिकट दिनुपर्ने लगाएतका माग सार्वजानिक गर्यौ । सोहि दिन प्रमुख निर्वाचन आयुक्तलाई भेटि ध्यानाकर्षण पत्र बुझाएका थियौ ।

२०७९ माघ १६ गते दिन भोकै बसी प्रदेर्शन ।

२०७९ माघ १६ गते सहिद दिवसका दिन काठमाण्डौ बसन्तपुरमा आन्दोलनका नेतृत्वकर्ता खगेन्द्र सुनार, राजेश विद्रोही, सुनील सुनारले एक दिन भोकै बसी प्रदेर्शन गरेका थिए ।

२०७९ फागुन १३ गते पहिलो पटक कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जिल्ला सम्मेलन

२०७९ फागुन १३ गते पहिलो पटक कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जिल्ला सम्मेलन भयो, दलितका लागि दलित आन्दोलन नेपालको नाममा । २ बर्ष जागरण अभियानको नाममा चलेको अभियान अब भने जागरणलाई आन्दोलनमा बदल्नुपर्छ भन्ने उदेश्यले दलितका लागि दलित आन्दोलन नेपाल नाम र आफ्नो लागि आफै भन्ने नाराका साथ आन्दोलन सुरु भएको थियो । पहिलो जिल्ला सुर्खेत जिल्लाको भेलाले चैत्र ७ गते (मार्च २१) रंगभेद विरुद्धको अन्र्तराष्ट्रिय दिवसको अवसरमा सुर्खेतमा बृहत जनप्रर्दशन तथा आमसभा गर्ने निर्णय गरेको थियो ।

२०८० बैसाख १ गते (नयाँ बर्ष) देखि ८ गते सम्म मुख्यमन्त्रि तथा मन्त्री परिषद्को कार्यालय अगाडि धर्ना ।

२०८० बैसाख १ गते (नयाँ बर्ष) देखि ८ गते सम्म मुख्यमन्त्रि तथा मन्त्री परिषद्को कार्यालय अगाडि ८४ बुँदे माग सहित धर्ना, नाराबाजी गरेका थियौ । उक्त आन्दोलनका क्रममा प्रहरीसँगको झडपमा १०० जना भन्दा धेरै आन्दोलनकारी घाईते भएका थिए ।

आन्दोलन पछि मुख्यमन्त्रीसँगको वार्तामा यसै आर्थिक बर्षबाट सरकारको निति तथा कार्यक्रम, ऐन कानून तथा बजेटमा हामीले उठाएका माग समावेस गर्ने लिखित प्रतिवद्धता मुख्यमन्त्री राजकुमार शर्माले जनाएका थिए ।

८४ बुँदे माग हामीले प्रदेश भरीका सबै मन्त्रालय, सुर्खेतका प्रमुख जिल्ला अधिकारी मार्फत संघ र सम्पूर्ण स्थानीय सरकारलाई, सरोकारवाला निकायलाई दिएका थियौ ।

दलित विद्यार्थीसँग शुल्क लिन विद्यालयहरुमा तालाबन्दी ।

२०८० बैसाख १६ गते प्रेस बिज्ञप्ति मार्फत हामीले दलित विद्यार्थीसँग शुल्क नलिन भन्दै सबै स्कुललाई भनेका थियौ । मागमा विद्यालयहरु गम्भीर नदेखिएपछि केहि नमुना विद्यालयहरुमा तालाबन्दी गरेका थियौ । सोहि क्रममा झडप पनि भएको थियो ।

विरेन्द्रनगर नगरपालिका सुर्खेतमा तालाबन्दि

८४ बुँदे माग लिएर हामीले २०८० बैसाख २१ गते विरेन्द्रनगर नगरपालिका सुर्खेतमा तालाबन्दि गरेका थियौ ।

२०८० जेठ २ गते सामाजिक बिकास मन्त्रालयमा आन्दोलन ।

२०८० जेठ २ गते सामाजिक बिकास मन्त्रालय आन्दोलनमा आन्दोलनको क्रममा झडप भयो । बर्षौ देखि अलपत्र परेको दलित विधेयक लगाएतका मुद्धा लिएर आन्दोलनले मन्त्रालयमा प्रर्दशन गरेको थियो । हजारौ सहभागितामा भएको आन्दोलन पछि सरकार विधेयक बनाउने लगाएतका सम्झौता गर्न बाध्य भएको थियो ।

बैकं तथा वित्तिय संस्थालाई ध्यानाकर्षण गराईएको ।

२०८० जेठ १६ गते बैकं तथा वित्तिय संस्थालाई जिल्ला प्रशासन कार्यालयमा उपस्थीत गराई दलित समुदायको मुद्धा प्रति ध्यानाकर्षण गराईएको थियो ।

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस अवसरमा बृहत कार्यक्रम ।

२०८० जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस अवसरमा बृहत कार्यक्रम कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गरिएको थियो । उक्त दिन हजारौको संख्यामा नव–सेना (नवराज विकको स्मृती दस्ता) नेपाल मार्चपास गरेको थियो ।

दलितलाई बिना छानविन जेल हाल्न पाइदैन्, झुठो मुद्धामा फसाईएका दलितलाई न्याय दे भन्दै आन्दोलन ।

२०८० जेठ २८ गते दलितका लागि दलित आन्दोलन नेपालले दलितलाई बिना छानविन जेल हाल्न पाइदैन्, झुठो मुद्धामा फसाईएका दलितलाई न्याय दे । भनि दलितका लागि दलित आन्दोलन नेपालले सुर्खेत जिल्ला अदालतमा धर्ना गरेको थियो । र सोही दिन तिन महिना देखि आवाज संस्थाबाट हराएकी बिरेन्द्रनगर नगरपालिका १२ की बिष्णु बि क लाई सार्वजनिक गर भनि आवाज संस्थामा ग्यापन पत्र सगंसगै आन्दोलन, धर्ना गरेको थियो ।

प्रदेश सभाहल अगाडी धर्ना

२०८० असाढ १ गते दलित मैत्री बजेट नहुदा दलितका लागि दलित आन्दोलन नेपालले कर्णाली प्रदेश सभाहल अगाडी धर्ना गरेको थियो ।

असाढ १ गते दलित मैत्री बजेट नहुदा दलितका लागि दलित आन्दोलन नेपालले कर्णाली प्रदेश सभाहल अगाडी धर्ना गर्दा प्रहरीले दलित माथि बल प्रयोग गर्दा १५० जना भन्दा धेरै घाईते भएका थिए भने खगेन्द्र सुनार लगाएत ७ जना माया बस्याल, हरि बादि, शान्ति बिशुङके, भगवती बैगार देबि बिक, धिरज सुनार दलित अधिकार कर्मि प्रहरी पक्राउ परेका थिय साथै  खगेन्द्र सुनार लगाएत ७ जना माया बस्याल, हरि बादि, शान्ति बिशुङके, भगवती बैगार देबि बिक, धिरज सुनार दलित अधिकार कर्मि प्रहरी पक्राउ परेका थिय ।