वि.स. २०७७ जेठ १० गते रुकुमको सोतीमा नवराज विश्वकर्मा सहित ६ जना युवाहरुको हत्या भयो । उनीहरुको न्यायका लागि जाजरकोट हुदै कर्णालीका विभिन्न जिल्ला, देशका अन्य भागबाट थालिएको आन्दोलन नै आजको दलितलाई खै आन्दोलन हो । न्याय र अधिकार प्राप्तीका लागि थालिएको दलितलाई खै ? आन्दोलनमा हाल लाखौ दलित, गैरदलितको साथ छ । देशका विभिन्न भागमा विभिन्न चरणमा भएको सडक प्रदर्शन, धर्ना, भोक हड्ताल, समुदाय जागरण सभा, आमसभा लगाएतको कार्यक्रम भईरहेको छ । न्याय र अधिकारको पक्षमा आवाज बुलन्द बनाएर सुरु भएको यो आन्दोलन पछिल्लो पटक संघीय राजधानी काठमाडौं केन्द्रित छ । संविधानप्रदत्त दलितका हक–अधिकार कार्यान्वयको माग सहित काठमाण्डौको माईतिघर मण्डलामा ४५ दिनसम्म नेल (जंजीर) सहितको धर्ना कार्यक्रम गरिएको छ । संविधान दिवसको दिन असोज ३ गते काठमाण्डौमा भएको सडक प्रदर्शनमा १० हजार भन्दा धेरै मानिसको सहभागिता थियो भने, लाखौ मानिसको ऐक्यबद्धता तथा करोडौ मानिसले विभिन्न सामाजिक संजालबाट हेरेका थिए ।
दलितलाई खै ? भन्दै माईतीघर मंडला काठमाडौंमा ४५ दिनसम्म नेल लगाई गरिएको प्रदर्शन ।
नवराज विकको हत्या हुँदा खगेन्द्र सुनारले गरेको आन्दोलनले जातीय विभेदविरुद्धको प्रतिरोधमा महत्वपूर्ण भूमिका खेलेको थियो। खगेन्द्र सुनारले नवराज विकको न्यायका लागि गरेको आन्दोलनले जातीय विभेदविरुद्धको आवाजलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्यायो। यहाँ खगेन्द्र सुनारको आन्दोलनका केही पक्षहरू उल्लेख गरिएका छन् । खगेन्द्र सुनारले नवराज विक र उनका साथीहरूको हत्यामा संलग्न दोषीहरूलाई कडा कारबाहीको माग गरे।उनले जातीय विभेदविरुद्धको कानुनलाई कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई दबाब दिए।उनले विभिन्न कार्यक्रमहरू मार्फत जातीय विभेदविरुद्ध जनचेतना अभिवृद्धि गरे।उनले नवराज विकको घटनालाई जातीय विभेदको चरम उदाहरणको रूपमा प्रस्तुत गरे।