dalitlaikhai.com Uncategorized अछाममा ‘दलितका लागि दलित अभियान’को जिल्ला समिति गठन हुँदै

अछाममा ‘दलितका लागि दलित अभियान’को जिल्ला समिति गठन हुँदै

अछाममा ‘दलितका लागि दलित अभियान’को जिल्ला समिति गठन हुँदै post thumbnail image

अछाम, असोज ८ ।
न्याय, मुक्ति र आत्मसम्मानलाई मुख्य एजेन्डा बनाउँदै सञ्चालन भइरहेको ‘दलितका लागि दलित अभियान, नेपाल’ ले अछाममा जिल्ला समिति गठन गर्ने भएको छ।

अभियानका अनुसार, अछाम जिल्लास्तरीय समिति गठनका लागि यही असोज ११ गते मंगलसेनमा बिहान १०:०० बजे विशेष कार्यक्रम आयोजना हुने भएको हो। कार्यक्रममा जिल्लामा रहेका दलित समुदायलाई अभियानमा आवद्ध हुन आह्वान गरिएको छ।

संयोजक मिलन नेपालीले जिल्लाभित्र दलित समुदायको हकहित र अधिकारका लागि अभियानलाई सशक्त रुपमा अघि बढाउने जानकारी दिएका छन्। उनले इच्छुक अछामवासीलाई कार्यक्रममा सहभागी भई समिति गठनमा योगदान पुर्‍याउन आग्रह गरेका छन्।

दलितका लागि दलित ‘आफ्नो लागि आफैँ’ भन्ने मूल नाराका साथ अघि बढाइएको यस अभियानले देशव्यापी रूपमा जिल्ला समिति गठन गर्ने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

सम्पर्कका लागि संयोजक मिलन नेपालीले ९८६–६०६९७५४ नम्बर उपलब्ध गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post

New Patterns in the Dalit Movement in NepalNew Patterns in the Dalit Movement in Nepal

The Dalit community in Nepal has long been at the forefront of the struggle against caste-based discrimination and untouchability. Over time, as awareness of human rights grew among the Dalits,

कर्णाली प्रदेशले दलितलाई बजेट नछुट्याएको भन्दै प्रदर्शन गर्ने समूह र प्रहरीबीच झडपकर्णाली प्रदेशले दलितलाई बजेट नछुट्याएको भन्दै प्रदर्शन गर्ने समूह र प्रहरीबीच झडप

१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले दलितहरुलाई बजेट नछुट्याएको भन्दै प्रदेशसभा भवन बाहिरी प्रदर्शन गर्ने समूह र प्रहरीबीच झडप हुँदा एसपी सहित तीन जना घाइते भएका छन् ।

Dalit Campaign demands fair political representationDalit Campaign demands fair political representation

RatopatiAugust 17, 2024 Kathmandu, August 17 – The ‘Dalits for Dalits Campaign Nepal’ continues its protest at Maitighar Mandala on Saturday. Demonstrators, who have been sleeping on the streets, allege